१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


बार अध्यक्षमा केसी विजयी, २५ मध्ये १९ सिटमा लोकतान्त्रिक पक्षधरको जित


0
Shares

काठमाडौं, चैत २६ । नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी विजयी भएका छन् ।

लोकतान्त्रिक समूहको नेतृत्व गरेका केसीले प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गरेका हुन् ।

निर्वाचनमा तीन उपाध्यक्ष र तीन सदस्यबाहेक अरु १९ सिटमा लोकतान्त्रिक पक्षधर विजयी भएको छ । तीन उपाध्यक्ष र तीन सदस्य भने प्रगतिशील समूहका विजयी भएका हुन् ।

महासचिवमा केसी समूहकै खम्बबहादुर खातीले मैनाली समूहका दिनमणि पोखरेललाई हराएका छन् ।

कोषाध्यक्षमा केसी समूहका ज्ञानरत्न शाक्यले मैनाली समूहका हरिबहादुर खड्कालाई पराजित गरेका छन् ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

चैत्र २० गते देशका विभिन्न ३३ स्थानमा भएको निर्वाचनको २३ गतेबाट मतगणना थालिएको थियो ।

चार दिन लामो मतगणनापछि बारको २४औं कार्यसमितिमा नयाँ नेतृत्व चयन भएका हुन् ।