३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बन्द, हड्ताल नगर्न सञ्चारमन्त्रीको आग्रह


0
Shares

विराटनगर, चैत २९ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिले नै वर्तमान सरकारको विकल्प सोच्न नसकिने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले सरकार नीति तथा कार्यक्रम एवम् बजेटको तर्जुमामा जुटेको भन्दै यही सरकाले बजेट प्रस्तुत गर्ने दाबीसमेत गरे । उनले बजेट प्रस्तुत गर्न नदिने भन्ने हल्लाका पछाडि कुनै तुक नरहेको प्रष्ट पारे ।

अर्को एक प्रसंगमा मन्त्री राईले उच्चस्तरीय राजनीति समितिलाई केही दिनभित्रै पूर्णता दिएर मधेसी मोर्चाले उठाएको सीमाकंनको विवादलाई टुंगोमा पुर्‍याउने बताए ।

उच्चस्तरिय समितिको प्रतिवेदनका आधारमा सीमांकनको विषय टुंगो लाग्ने भएकाले बन्द हड्ताल नगर्न मधेशी मोर्चालाई आग्रह गरे ।