
काठमाडौं, चैत २८ । निर्वाचन आयोगले राजनीतिक दलका सबै समितिहरुमा कम्तिमा एक तिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा सबै राजनीतिक दलले उसका हरेक समितिमा अनिवार्यरुपमा एक तिहाइ महिला राख्नुपर्ने व्यवस्था गर्न लागेको हो ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिको बैठकमा प्रस्तावित व्यवस्थाबारे जानकारी गराएका छन् ।
आयोगले कार्यसमितिमा एक तिहाइ महिलालाई प्रतिनिधित्व नगराउने दलको दर्ता खारेज गर्ने व्यवस्था गर्न लागेको हो ।
आयोगले प्रत्येक वर्ष लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको पनि दर्ता खारेजी गर्ने गरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्