पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा बैठक बस्ने भएकाले तीव्र गतिमा भवन तयार गरिँदैछ । प्रदेश ४ को सोमबार बस्ने ऐतिहासिक प्रदेशसभा हललाई दुलही झै सिँगारिएको छ । पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेटिङ, टेबल, कुर्सी मिलाउनेदेखि रंगरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी बताउँछन् । सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि २०७४…