
काठमाडौं, साउन २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गराउन संघर्ष गर्ने बताएका छन् ।
बुधबार राजधानीमा हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले आगामी फागुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र कायम नभएसम्म नरोकिने बताए ।
राष्ट्रिय एकता, पहिचान र अस्तित्वका लागि सामाजिक, आर्थिक र राजनीतिक व्यवस्था सनातन वैदिक मूल्य–मान्यतामा आधारित हुनुपर्ने थापाको भनाइ थियो ।
कार्यक्रममा हिन्दु तथा वौद्ध धर्मगुरुहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्