२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


संवैधानिक निकायमा छिट्टै नियुक्ति : कानुनमन्त्री


0
Shares

काठमाडौं, साउन २ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले छिट्टै रिक्त रहेका संवैधानिक निकायमा नियुक्ति गर्ने तयारी गरेको बताएका छन् ।

संसदीय सुनुवाइ विशेष समिति गठनमा ढिलाइ भएकाले संवैधानिक निकायमा नियुक्ति गर्न ढिलाइ भएको भन्दै मन्त्री तामाङले अब केही दिनभित्रै रिक्त निकायमा नियुक्ति गरिसक्ने जानकारी दिए ।

बुधबार हामीसित कुरा गर्दै उनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भइसकेको र केही दिनभित्रै संवैधानिक परिषदको बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको प्रक्रिया पनि थालिने जानकारी दिए ।

अर्को एक प्रसंगमा मन्त्री तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद अवरोधले असोज ३ गतेभित्र बनाइसक्नुपर्ने कतिपय कानुन बनाउनमा ढिलाइ भइरहेको बताए ।

उनले संसद अवरोध जारी रहेपनि सरकार तोकिएकै समयमा कानुन निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।