काठमाडौं, साउन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले डा. गोविन्द केसीले उठाएको माग नै प्रस्ट नभएको बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले डा. केसीलाई बचाउनका लागि काठमाडौं ल्याउनेक्रममा भएको हस्तक्षेपलाई ‘स्वाभाविक’ भने ।
डा. केसीका माग जायज भए सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमामात्र नभइ सबै क्षेत्रमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै उनले आफूहरुलाई स्वास्थ्यकोमात्र नभइ समग्र देशको चिन्ता रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्