
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीलाई जुम्लाबाट उठाएर काठमाडौं ल्याउने र सैनिक अस्पतालमा भर्ना गरेर चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको आरोप लगाएका छन् ।
बुधबार प्रेस युनियनले राजधानीमा गरेको कार्याक्रममा उनले डा. केसीसँग वार्ता गर्न भनेर समिति गठन गरे पनि सरकारले वार्ताको ठोस पहल नगरेको बताए ।
वार्ताको नाममा डा. केसीलाई काठमाडौंमा ल्याइ सैनिक अस्पतालमा भर्ना गर्ने र सदनबाट चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्ने धृष्टता सरकारले गरेको आरोप उनले लगाए ।
चिकित्सा क्षेत्रको सुधारको विषय राज्य पुनःसंरचनाको चरित्रसँग जोडिएको भन्दै उनले ‘सरकारले जबर्जस्ती गरेर मुठभेडको अवस्था सिर्जना गरे सरकार पतन हुन्छ’–भने ।
आमजनताको विपक्षमा आउने विधेयकलाई कुनै हालतमा स्वीकार्न नसकिने भन्दै थापाले शिक्षा र स्वास्थ्य मुनाफाको विषय बन्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्