
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले कसैले थर्काउँदैमा आफू नथर्कने बताएका छन् ।
नेकपा मुख्यालय धुम्बाराहीमा आज पार्टी कार्यकर्ताहरुसंगको भेटमा उनले आफू देशमा सुशासन कायम गर्न लागिपरेकोले कसैले धम्क्याउँदैमा नडराउने बताए ।
पार्टीले सरकारको बचाऊ नगरेको भन्दै उनले आक्रोश समेत पोखे ।
कार्यक्रममा एयर बङलादेश पीडित परिवार, पूर्व जनमुक्ति सेना, सामाजिक परिचालक संघ, श्रमिक समुदायिक क्लब, द्वन्द्ध पिडित सुरक्षाकर्मी परिवारले प्रधानमन्त्री ओली समक्ष आ आफनो गुनासोसहितका ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्