काठमाडौं, साउन २३ । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने छ । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक)को एकीकरणपछि विसं २०६४…