२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सत्ता गठबन्धनले लोकतान्त्रिक मान्यता लत्याए, एमाले मधेसविरोधी होइन : ओली


0
Shares

उनले सरकारले प्रधानन्यायाधीशमाथि अनाहकमा महाअभियोग लगाइएको, निर्वाचनकाक्रममा हत्या, धम्की र त्रास फैलाइएको आरोप लगाए ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवनको भरतपुरमा अमूक दलका अमूक उम्मेदवारलाई जिताउनकै लागि सत्ताको दुरुपयोग गरिएको जिकिर गरे ।

‘राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस कता हराइरहेको छ ? कांग्रेसको बोली किन सुनिन छोडिएको छ ?’ भन्ने प्रश्न गर्दै ओलीले ‘लोकतन्त्रका मान्यताहरुमाथि प्रहार हुँदा कांग्रेस किन चुप ?’ भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘बीचमै सत्ता छाड्नु आश्चर्यजनक’ भन्दै कामचलाऊ सरकारले फितलो र छलफलबिनै नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले ‘मधेसविरोधी’ भनेर एमालेप्रति नकारात्मक प्रचार गरिएको भन्दै मधेसविरोधी नभएकोसिद्ध गर्न लामै फेहरिस्त पेस गरे ।