२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


न्याय खोज्न जाँदा कुन पार्टीको आएको हो भन्ने आधारमा न्याय दिने कुप्रथा देखियो : पौडेल


0
Shares

                                                                                      फाइल फोटो
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उनले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिनेक्रम चलेको सन्दर्भमा नयाँ सरकारले आर्थिक विकासलाई तीव्रता दिइने बताए ।

‘राष्ट्रलाई एउटा व्यवस्था दिने र मुलुकको समृद्धि गर्ने अहिलेको आवश्यकता हो, कांग्रेस स्पस्ट सोचका साथ मुलुकको विकासलाई अगाडि बढाउन चाहन्छ, बीपी कोइराला र गणेशमान सिंहले कोरेको बाटोलाई पछ्याउँदै अब धेरै प्रयोगतिर नलागी प्रजातन्त्रको लक्ष्यसहित निमुखलाई न्याय र विपन्नलाई आय दिनु हाम्रो लक्ष्य हो’–नेता पौडेलले भने–‘न्याय खोज्न जाँदा कुन पार्टीको आएको हो भन्ने आधारमा न्याय दिने कुप्रथा पनि देखिएको छ, वास्तवमा निमुखालाई न्याय दिनुपर्छ, विपन्नको गुणात्मक परिवर्तन ल्याउन सकिनु नै विकास हो, त्यो यात्रामा हाम्रो पार्टी अगाडि बढ्न चाहन्छ ।’

उनले सबैलाई निर्वाचनमा ल्याएर राष्ट्रिय एकता गरी कसैलाई वञ्चित नगराउन नयाँ सरकारले पहल गर्ने विश्वास पनि व्यक्त गरे ।

अन्य दलको समर्थन
प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले जनताले लडेर ल्याएको लोकतन्त्रलाई शासकले जोगाउन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनको एक वाहककारुपमा रहेका देउवाको नेतृत्वमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गराउने अपेक्षा व्यक्त गरे ।

समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले संविधान कार्यान्वयन, विकास र शान्ति स्थापनाको निर्णायक घडीमा सभापति देउवाले प्रधानमन्त्री भएपछि त्यस कार्यमा लाग्नुहुने विश्वास व्यक्त गरे ।

यस्तै, अखन्ड पार्टी नेपालका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशी प्रधानमन्त्री देउवाको उम्मेदवारीको प्रस्तावमा समर्थन जनाए ।

प्रस्तावक र समर्थकले बोलेपछि सभामुख ओनसरी घर्तीले मत विभाजनबाट प्रधानमन्त्रीको चयन प्रक्रिया सुरु गरेकी छन् । रासस