क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका राजपा कार्यकर्ताले मुलगेटमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित १४ जना स्थानीय नेता, कार्यकर्तालाई पक्राउ गरेको हो । उता, सुनसरीको इनरुवाबाट पनि निर्वाचनविरोधी गतिविधि गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा)…