२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप : राप्रपा


0
Shares

पार्टीले सरकारले गरेको सो निर्णय ‘अपरिपक्व र अदूरदर्शी रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जाने’ जनाउँदै त्यो निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित् मिति असार १४ मा निर्वाचन गराउन आग्रह गरेको छ ।

सरकारले मुलुकमा दूरगामी असर पार्ने निर्णय गर्नुपूर्व सबै दलबीच परामर्श तथा छलफल गरी साझा समझदारी कायम गर्नुपर्ने पार्टीका प्रवक्ता भुवन पाठकले बताए ।

उनकाअनुसार निर्वाचन हुन बाँकी प्रदेशमा हुने उम्मेदवार मनोनयनमा राप्रपाले सहभागिता जनाउनेछ ।

सत्तारुढ दल तथा राष्ट्रिय जनता पार्टीबीच बिहीबार भएको छलफलपछि प्रदेश नम्बर–२ को चुनाव तेस्रो चरणमा गर्ने निर्णय गरिएको छ । रासस