सुरेन्द्रबहादुर नेपाली (रासस) न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टचार भेट गरेकी छन् । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्तराज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार…