सुरेन्द्रबहादुर नेपाली न्यूयोर्क, असोज ९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास…