काठमाडौं, असोज ६ । प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सहाना प्रधान राजनीतिक जागरणको अगुवा भएको बताएका छन् । पार्टी मुख्यालय धुम्वाराहीमा आज आयोजित चौथो सहाना प्रधान स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतनको आन्दोलनमा प्रधानको असाधारण भूमिका रहेको बताएका हुन् । कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सहाना प्रधानको भूमिका स्मरणीय रहेको भन्दै उनले लोकतान्त्रिक…