काठमाडौं, वैशाख १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले भ्रष्टाचारी, तस्कर र भू–माफियाहरुलाई तत्काल कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
सोमबार र्यालीसहित आयोगमा पुगेर ज्ञापनपत्र बुझाइएको हो ।
र्यालीका सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै मुलुकमा भ्रष्टाचार अन्त्य गर्न माग गरेका थिए ।
सरकारले नै हरेक क्षेत्रमा निर्लज्ज ब्रह्मलुट गरिरहेको भन्दै राप्रपा संयुक्तले अख्तियारलाई चुप लागेर बस्न नहुने माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्