Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


देउवा दोषी देखिए कारबाही हुनुपर्छ : प्रकाशमान


0
Shares

संखुवासभा, वैशाख १७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा दोषी देखिए उनीमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार संखुवासभामा गरेको पत्रकार भेटघाटमा उनले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिद–बिक्री प्रकरणमा कांग्रेस वा जुनसुकै पार्टीका नेताको संलग्नता देखिएपनि निष्पक्ष ढंगबाट छानबिन गरी कारबाही हुनुपर्ने बताए ।

नेता सिंहले वर्तमान सरकार संविधानको भावना र मर्मविपरीत अगाडि बढिरहेको आरोपसमेत लगाए ।