तारा भुसाल (इमेज) गुल्मी, असोज १३ । गृहमन्त्री रामबहादुर थापाले सरकारलाई घेराबन्दी गर्ने षडयन्त्र भइरहेको दाबी गरेका छन् । शुक्रबार गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले सुशासन र समृद्धिका लागि काम गरेको भएपनि सरकारविरुद्ध घेराबन्दी गर्ने र सरकार गिराउने षडयन्त्र भइरहेको जिकिर गरे । भ्रष्टाचारी, बलात्कारी, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले त्यसका विरोधीहरु…