काठमाडौं, वैशाख २२ । संघीय संसदको प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची छ ।
आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत् हुने र सम्बोधनमा छलफल हुनेछ ।
सदनमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाललगायत २३ जना, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्