बुधबार संघीय लिम्बूवान मञ्चका जिल्ला अध्यक्ष कीर्तिमान मादेनको निवासमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मादेनसहित पाँचजना र राप्रपाका जिल्ला अध्यक्ष चन्द्र मादेनसहित ११ जनाले संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । देशमा वाम एकता र प्रजातान्त्रिक शक्तिबीच तालमेल भइरहेको समयमा पहिचान र संघीयताको मुद्दा बोकेका शक्तिहरुको पनि एकता आवश्यक रहेको र सो शक्ति निर्माण गर्नका…