‘एमालेले बहुमत ल्याउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नोस्’ • Image Khabar Image Khabar


‘एमालेले बहुमत ल्याउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नोस्’


Imagekhabar
१ कार्तिक २०७४, बुधबार १५:२०

‘एमालेले बहुमत ल्याउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नोस्’

एमालेनिकट एनआरएनएको बुधबार राजधानीमा भएको भेलामा उनले कांग्रेसको सत्तालिप्साले मुलुकमा संकट थपिएको बताए ।

सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको भन्दै उनले सरकारको षड्यन्त्र पूरा हुन नदिने बताए ।

नेपाली जनता निर्वाचनको पक्षमा रहेको भन्दै त्यसका लागि एमालेले खबरदारी गर्ने पनि उनले बताए ।

उनले एमालेलाई आर्थिक सहयोग गर्न एनआरएनए समुदायसँग आग्रह गरे ।

वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै मूल्य चुकाएर भएपनि आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएकाले प्रतिव्यक्ति एक हजार अमेरिकी डलर सहयोग गर्न आग्रह गरे ।

एनआरएनए प्रतिनिधिहरुले भने पार्टीले देश र जनताको पक्षमा काम नगरी गुट–उपगुटमा विभक्त भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्