Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा मौसम बदली हुने देखिएको छ । केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । देशका अन्य पहाडी र हिमाली भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

तराई क्षेत्रमा पनि मौसमको अवस्था एकनासको रहने छैन । मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल देखिनेछ भने अन्य तराई क्षेत्रमा मौसम प्रायः सफा रहने महाशाखाको पूर्वानुमान छ ।

यसैबीच, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने सम्भावना छ ।

रातिको समयमा देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ । तराई, उपत्यका र खोँच क्षेत्रमा भने बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

राति पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Skip This