
मधेस आन्दोलनको भावनाविपरीत पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा महासचिव केशव झाको नेतृत्वमा बुधबारदेखि भाइटीकासम्म दैनिक तीनघन्टे अनशन सुरु गरेका हुन् ।
राजपा महासचिव केशव झाले आन्दोलनमा योगदान दिने नेता तथा कार्यकर्तालाई पाखा लगाएर बुझाइएको विभेदकारी समानुपातिक सूची नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए ।
माग पूरा नभए भाइटीकाको भोलिपल्टदेखि रिले अनशन सुरु गर्ने भन्दै धर्नामा बसेका नेता तथा कार्यकर्ताले समानुपातिक सूचीमा पार्टीको वरीयताअनुसार नाम राख्नुपर्ने र यसअघि पटक–पटक लाभको पद लिएकालाई समानुपातिकमा राख्न नहुने माग राखेका छन् ।
नामै नसुनिएका र पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई समानुपातिकमा राखिएको उनीहरुको आरोप छ ।
त्यस्तै, आन्दोलनमा योगदान दिएका युवा विद्यार्थीलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा न्यायोचित प्रतिनिधित्व माग गर्दै उनीहरुले उम्मेदवार छनोट गर्न तत्काल केन्द्रीय निर्वाचन समिति गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्