
रिपोर्टर्स क्लबले बुधबार राजधानीमा गरेको साक्षात्कारमा नेताहरुले आ–आफ्नो गठबन्धनको बचाऊ गरेका हुन् ।
लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपाका नेताहरुले अधिनायवाद स्थापित गर्न वाम गठबन्धन बनाइएको आरोप लगाए ।
अबको निर्वाचन परिणामले लोकतन्त्र रहने कि नरहने टुंगो गर्ने भन्दै उनीहरुले लोकतान्त्रिक गठबन्धनले जितेमात्र लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको रक्षा हुने दाबी गरे ।
नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनका नेताहरुले लोकतन्त्रका लागि ठूलो त्याग गरेको आफूहरुको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे ।
उनीहरुले मुलकमा राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धन गरिएको भन्दै त्यसमा जनताको अपार साथ रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्