काठमाडौं, भदौ २६ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केही महिनायता लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोपको बढ्दै गएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ । महाशाखा र विश्व स्वास्थ्य संगठनले बिहीबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान पुर्याउन र शरीर पूरै ढाक्ने लुगा लगाएर बस्न आग्रह…