कान्तिमा ६३६ जनालाई निःशुल्क 'ओपीडी'को टिकट • Image Khabar Image Khabar


कान्तिमा ६३६ जनालाई निःशुल्क ‘ओपीडी’को टिकट


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १६:१३

कान्तिमा ६३६ जनालाई निःशुल्क 'ओपीडी'को टिकट

काठमाडौं, असोज २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक दिन सरकारी अस्पतालहरुको ‘ओपीडी’ सेवाको टिकट निःशुल्क गरेको छ ।

संविधान दिवसका अवसर पारेर संघअन्तर्गत् रहेका सरकारी अस्पतालहरुको ओपीडी सेवाको टिकट निःशुल्क गरिएको हो ।

वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूतिगृहलगायतका १५ ओटा सरकारी अस्पताल र प्रतिष्ठानहरुले ओपीडी टिकट निःशुल्क गरेका हुन् ।

कान्ति बाल अस्पतालले बिहीबार ६३६ जनालाई निःशुल्क ओपीडीको टिकट दिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि सरकारी अस्पतालहरुले निःशुल्क ओपीडीको टिकट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्