
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसका अबसर पारेर एक दिन सरकारी अस्पतालहरुको ओपीडी सेवाको टिकट निःशुल्क गर्ने निर्णय गरेको छ ।
यही असोज २ गते संघ अन्र्तगत रहेका सरकारी अस्पतालहरुको ओपीडी सेवाको टिकट निशुल्क गर्ने निर्णय गरिएको हो ।
मन्त्रालयका उपसचिव रामहरि लामिछानेले सरकारले संविधान दिवसको अवसर पारेर असोज २ गते संघ अन्तर्गत रहेका १५ वटा सरकारी र प्रतिष्ठानहरुले ओपीडी टिकट निशुल्क दिइने निर्णय भएको जानकारी दिए ।
प्रदेश अन्र्तगत रहेका स्वास्थ्य संस्थाहरुमा समेत ओपीडी सेवाको टिकट निशुल्क दिन मन्त्रालयले प्रदेश सरकारलाई आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्