गणेशमानको स्मृति दिवसमा रक्तदान • Image Khabar Image Khabar


गणेशमानको स्मृति दिवसमा रक्तदान


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १६:११

गणेशमानको स्मृति दिवसमा रक्तदान

काठमाडौं, असोज २ । लौहपुरुष गणेशमान सिंहको २२औं स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पताल र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनाका गरिएको रक्तदानबाट डेंगी रोग लागेका बिरामीलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपाली कांग्रेसका नेता, कार्यकर्ता, विद्यार्थी, अस्पतालका स्वास्थ्यकर्मीलगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्