Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


काठमाडौंको मखनमा आगोलागी, ‘करोड बढीको क्षति’ (भिडियो)

सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो । प्रकाश श्रेष्ठको उक्त गोदाममा भएको आगोलागीको कारण थाहा हुन सकेको छैन । आगोलागीबाट करिब डेढ करोड बढीको क्षति भएको बताइएको छ । भिडियो हेर्नुहोस्