२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सर्लाही जांदै गरेको बस त्रिशुलीमा खस्यो, एकको मृत्यु, २६ जना घाइते


0
Shares

काठमाडौंबाट सर्लाहीको मलंगवा जांदै गरेको ना ४ ख ५४४२ नम्बरको अनमोल डिलक्सको बस दुर्घटना हुँदा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजमार्गबाट बस झन्डै एक सय मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । बसमा २७ जना सवार थिए । घाइतेहरुको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।