
राष्ट्रिय मानव अधिकार आयोग र वालवालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले संयुक्त रुपमा सोमबार राजधानीमा गरेको कार्यक्रममा उक्त सिफारिसहरुलाई लिएर सरोकारवालाहसँग छलफल गर्यो ।
कार्यक्रममा मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले अन्तराष्ट्रिय रुपमा वालवालिकाका विषय उठाउँदा नेपालले वालवालिकाको लागि के गरिरहेको छ ? र के गर्न बाँकी छ ? भन्ने कुरा पनि समावेश गर्नुपर्ने बताइन ।
उनले अपाङ्ग वालवालिकामैत्रि संरचना निर्माण गर्न र वालसंरक्षणमा जोड दिनु पर्ने भनाई व्यक्त गरिन । केन्द्रिय वालकल्याण केन्द्रका कार्यकारी अध्यक्ष तारक धितालले वालवालिका सम्बन्धि अन्तराष्ट्रिय निकायले उठाएको प्रश्नलाई कुन निकायले हो प्रष्ट नहुँदा समस्या बढेको बताए ।
उनले वालअधिकार महासन्धिले २००५ सालमा नै दिएको सिफारिस नै पुनः दोहोरिएको हुँदा यसमा नेपाल सरकार मात्र नभई अन्य सघं–सस्था पनि मिलेर जानु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलयका रमेश ढकाल,महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका शंकर पाठक, कानुन मन्त्रालयका सह–सचिब डिल्लीराज घिमिलेलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले वालहिंसा, सडक वालवालिकाको अवस्था र वालविवाह अन्त्य गर्न सबै लाग्नु पर्ने र नयाँ बन्न लागेको वालवालिका सम्बन्धि नितीमा पनि यि कुरा समावेश गर्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्