२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थाकखोलामा ऐतिहासिक १२ वर्षे मेला पुस १५ देखि


0
Shares

ल्हफेव मूल आयोजक समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी थकाली जातिको ऐतिहासिक सांस्कृतिक तथा धार्मिक पर्व पुस १५ देखि माघ ३ गतेसम्म हुने जानकारी दिएको हो ।

ल्हफेव पर्वमा थकाली चारचनको इस्टदेव अन्य समयमा मन्दिरभित्र नै दैनिक पूजा हुन्छ भने हरेक १२ वर्षको प्रल्होमा ल्हफेव पर्वको रितिथिति मितिअनुसार देव मन्दिरबाट बाहिर प्रस्थान हुनुहुने विशेष कार्यक्रम हुने गर्दछ ।

थकाली भाषामा ल्ह–को अर्थ देवता र फेव को अर्थ बाहिर निस्कनु हो । यसले पनि यस पर्वको नाम ल्हफेव रहने गएको अग्रजहरुको भनाइ छ । मेलाको उद्घाटन संस्कृति मन्त्री रोमी गौचन थकालीले गर्ने कार्यक्रम छ ।