Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


एमाले संसदीय दलको बैठक आज


0
Shares

काठमाडौं । नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने कार्यक्रम रहेको संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिनुभयो।

बैठकमा गत संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिने भएको छ। साथै, आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ।

एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र अधिवेशन सकिएपछि संसदीय दलको बैठक बोलाउँदै आएको छ। यस्ता बैठकमा अधिवेशन अवधिमा पार्टी र सांसदबाट भएका कामकारबाहीको समीक्षा गर्दै आगामी भूमिकाबारे छलफल गर्ने गरिएको छ।

Skip This