काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो। अघिल्लो दिन सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। शुक्रबार ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार १ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्