नेपाल अपांग मानवअधिकार केन्द्रले निर्माण गरेको केन्द्रको बुधबार वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा उद्घाटन गरे । अपांगता अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, स्थानीयबासीलगायतको आर्थिक सहयोगमा १४ लाख रुपैयाँ लागतमा केन्द्रको भवन निर्माण सम्पन्न भएको केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले जानकारी दिए । पाँचकोठे पक्की भवनमा सन्चालनमा आएको अपांगमैत्री सूचना तथा स्रोत केन्द्रले अपांगता…