भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना२ख ५७१४ नम्बरको तेल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको ना४२प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो ।
खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।
दुर्घटनापछि ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्