Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


शंखरापुरलाई छुट्टै नगरपालिकाको माग गर्दै प्रदर्शन, १२ प्रदर्शनकारी पक्राउ


0
Shares

शंखरापुर नगर नागरिक समाजको आह्वानमा स्थानीयले बिहान ५ बजदेखि १० बजेसम्म बजार बन्द गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपका क्रममा तीन जना स्थानीय घाइते भएका छन् ।

प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले पक्राउ परेपछि झडप भएको हो । त्यस क्रममा स्थानीयले १० वटाभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् ।

स्थानीयबासिन्दाले ऐतिहासिक महत्व बोकेको शंखरापुरलाई छुट्टै नगरपालिका कायम गर्न माग गरेका छन् ।

स्थानीय निकाय पुनर्संरचना आयोगले शंखरापुरलाई कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने निर्णयसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि स्थानीय आन्दोलित भएका हुन् ।

आन्दोलनमा सबै राजनीतिक दलका स्थानीय नेताको समर्थन रहेको नेपाली कांग्रेस संखरापुर नगरसभापति दिलिप श्रेष्ठले जानकारी दिए ।

माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी राजनीतिक दलका नेताहरुले दिएका छन् ।