Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बिहेमा बजाएको बाजाको चर्को आवाजले बालकलाई हृदयघात, अस्पताल लैजाँदै गर्दा मृत्यु


0
Shares

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ ।

सोमबार राति गाउँमा दुईओटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेकोबेला सोही नाचगान हेर्न घरबाहिर निस्केका बालक अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् ।

डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भइ घरअगाडि लडेका बालक अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । रासस