
खानेपानीको प्रमुख स्रोतकोरुपमा मुठीटुङमा राखिएको पम्प बिग्रिएपछि सिद्धिपुर गाविस र त्यहाँको शारदा आधारभूत विद्यालयमा पिउने पानी नहुँदा समस्या भएको छ ।
गरिबी निवारण कार्यक्रमअन्तर्गत् मुठीटुङमा मुहान राखी लिफ्ट प्रणालीबाट ८५ घर–परिवार र ३०० विद्यार्थी अध्ययनरत् रहेको विद्यालयलाई पिउने पानीको प्रबन्ध गरिएको थियो ।
तर, सो पम्प बिग्रिएसँगै विद्यालयमा अध्ययनरत् विद्यार्थी खानेपानीको लागि एक किलोमिटर टाढा मुठीटुङमा धाउनुपर्दा घन्टौ समय बित्ने भएकाले विद्यार्थीको पढाइमा असर परेको प्रधानाध्यापक अर्जुन ओझाले बताए ।
स्थानीयले पनि खानेपानी लिन गाउँबाट टाढासम्म धाउनुपरेको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्