नेपाल अपांग मानवअधिकार केन्द्रले निर्माण गरेको केन्द्रको बुधबार वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा उद्घाटन गरे ।
अपांगता अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, स्थानीयबासीलगायतको आर्थिक सहयोगमा १४ लाख रुपैयाँ लागतमा केन्द्रको भवन निर्माण सम्पन्न भएको केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले जानकारी दिए ।
पाँचकोठे पक्की भवनमा सन्चालनमा आएको अपांगमैत्री सूचना तथा स्रोत केन्द्रले अपांगता भएका व्यक्तिका लागि आवश्यकपर्ने विभिन्न स्रोत तथा सूचनाहरु उपलब्ध गराउनेछ ।
केन्द्रको उद्घाटन गर्दै कलाकारद्वय श्रेष्ठ र आचार्यले राज्यले अपांगता भएका व्यक्तिहरुको हितमा काम गर्न नसक्नु दुःखद् भएको टिप्पणी गरे ।
कार्यक्रममा अपांगता भएका व्यक्तिको हक, अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै इमेजकर्मीहरु प्रतीक लामिछाने, विवेकसिंह ठकुरी र नेपाल टेलिभिजनकी अनिता बिन्दूलाई सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्