Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, अस्पतालमा तनाब


0
Shares

मृत्यु हुनेमा धनगढी नगरपालिका–५ तारानगरका २८ वर्षीय सुरतबहादुर पार्की र बेदकोट नगरपालिका–८ का २३ वर्षीय रहसी ओखेडा रहेका छन् ।

भीमदत्तनगर नगरपालिका–१८ खैरभट्टीचोकमा सुरतबहादुर पार्कीले चलाएको से१त २२६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको म१प ३३३४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा पार्कीले चलाएको मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको हो ।

अर्को मोटरसाइकलमा सवार चालक मेघराज जोशीसहित तीनजना घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरले जनाएको छ ।

उता, मृत्यु भएकाको आफन्तले घाइते अवस्थामा ल्याइएका दुबैजनालाई अञ्चल अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै महाकाली अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् ।

आकस्मिककक्षमा डाक्टर नै नभएको र अहेवहरुले घाइतेलाई उपचार गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।