Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बाघको आक्रमणबाट चार सुरक्षाकर्मीसहित १० जना घाइते, बाघलाई गोली हानेर मारियो


0
Shares

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पर्साको रामनगरी र लखनपुर गाविसको बीचमा पर्ने खेतमा काम गरिरहेका सर्वसाधारणमाथि बाघले एक्कासि आक्रमण गरेको जनाइएको छ ।

सोलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहसहित चारजना सुरक्षाकर्मी पनि बाघको आक्रमण परी घाइते हुन् ।

बाघको आक्रमणमा परी घाइते भएका अरु सर्वसाधारणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मानवबस्तीमा पसेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले गोली चलाएको र गोली लागेर बाघ मरेको बताइएको छ ।

मरेको बाघलाई वीरगन्जस्थित जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बाघलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय वनजन्तु आरक्षकको टोली परिचालित भएको थियो ।