पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन् टोलीमा विज्ञ सहभागी छन् । उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ । तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र…