
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु औजार ‘कोल’ लोप हुन थालेको हो ।
कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी जाँतो पनि विरलै देख्न पाइन्छ । आधुनिक प्रविधिको विकास भएसँगै यस्ता परम्परागत औजार लोप हुन थालेका हुन् ।
आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय लमजुङका गाउँबस्तीबाट परम्परागत घरेलु कृषि औजारहरु लोप हुँदै गएका हुन् ।
आधुनिक मिल स्थापनासँगै ग्रामीण क्षेत्रमा प्रयोग हुँदै आएका ढिकीजाँतो लगायतका साधन लोप हुन थालेका छन् ।
स्थानीय स्रोत, साधन र सीपबाट निर्माण गरिने घरेलु औजारको प्रयोग घटेपछि परम्परागत जीवनशैलीमा समेत परिवर्तन आएको छ ।
परम्परागत चलन अनुसार रात विहान खर्च हुने समय आधुनिक प्रविधिले घटाएको लमजुङ जिताकी बसुन्धरा पौडेल बताउँछिन् ।
आधुनिक प्रविधिले समयको बचतसँगै व्यवसायिकता पनि पाएको छ । कुटानी र पिसानीका लागि गाउँ गाउँमा आधुनिक मिल स्थापना गरिएका छन् ।
बेसीशहरका मिल सञ्चालक सिद्धबहादुर रावल आधुनिक प्रविधिले किसानलाई राहात हुनुको साथै आम्दानीपनि बढेको बताउँछन् ।
दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि घरेलु औजारको आफ्नै विशेषता छ ।
परम्परागत औजारहरु दैनिक जिवनशैली मात्र नभएर संस्कृति र सामाजिक सद्भावमा समेत जोडिएको मानिन्छ ।
परम्परागत साधनबाट उत्पादित बस्तु लाभदायक, गुणस्तरीय र स्वस्थकर हुने गरे पनि यस्ता साधन हराउन थालेपछि भावि पुस्ताका लागि यो इतिहास मात्र बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्