सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ । यसका…