प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका केसीलाई कडा सुरक्षाका बीच प्रहरीले बुधबार पौने नौ बजे नै सर्वोच्च अदालतमा उपस्थित गराएको हो । अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । न्याय प्रशासन ऐन,…