
अत्यधिक चिसोका कारण गंगापूर्ण तालका साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउने पानीका मुहानहरु जमेका छन् ।
धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन ।
धारामा पानी जमेकाले पानी आउन छाडेको र पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् । सदरमुकाम चामेमा दिउँसोको समय घाम लागे पनि चिसो भने अत्यधिक छ ।
स्थानीयबासी घरबाट बाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बस्ने गरका छन् । चिसो अत्यधिक बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन् । जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा झरेका छन् ।
जाडोका कारण सेवाग्राही नआउँदा सरकारी कार्यालय पनि सुनसान बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्