१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ट्रकसँग माइक्रो बस ठोक्किदा दुईजनाको मृत्यु


0
Shares

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको माईक्रो बस विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका–५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा रहेका रामग्राम नगरपालिका–२ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।

रामग्राम–१६ का बस चालक हरिनारायण केवटको अवस्था भने गम्भीर छ ।